पर्वत । पर्वतको महाशिला गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । पालिका अध्यक्षमा नेकपा एमालेका ईश्वरी प्रसाद भुसाल र उपाध्यक्षमा एमालेकी धनसुवा विक विजयी भएकी छिन् ।
काँग्रेसका अशोक उचै ठकुरीलाई निर्वाचित भुसालले ४ सय ४० मतान्तरले जितेका छन् । उनले २ हजार ७ सय ४३ मत ल्याउँदा काँग्रेसका ठकुरीले २ हजार ३ सय ६ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा गठबन्धनतर्फका समाजवादी उम्मेदवारी बिराज हमालले १ हजार ९ सय ६९ मत ल्याउँदा एमालेकी विकले २ हजार ७ सय ६ मत ल्याएर विजयी भएकी हुन् ।