पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष पद जित्न सफल भएको छ । हिजो दिउँसो आएको नतिजा अनुसार पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसका तोरण मल्ल ठकुरी विजयी बनेका हुन् ।
उनले नेकपा एमालेका महेन्द्र श्रेष्ठलाई पराजित गरेका हुन् । निर्वाचित ठकुरीले ३ हजार ८ सय २४ मत ल्याउँदा प्रतिस्पर्धी श्रेष्ठले चाहिँ ३ हजार ३ सय ७८ मत ल्याएका छन् ।
त्यसतै उपाध्यक्षमा भने नेकपा एमालेकी यामकुमारी रानाले जितेका छिन् । उनले काँग्रेसकी जानकी प्रधानलाई पराजित गरेकी हुन् ।
विजयी रानाले ३ हजार ७ सय ७७ मत ल्याउँदा प्रधानले चाहिँ ३ हजार ४ सय ५८ मत ल्याएकी छिन् ।
