Home बुलेट न्युज पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु

पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु

by ईलालटिन
0 comment

पर्वत ।  पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । दुई वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको पर्वतमा ६१ वडा रहेका छन् ।

जिल्लाकै महत्त्वपूर्ण रूपमा हेरिएको कुश्मा नगरपालिको मतगणना केही बेर अघि देखि सुरु गरिएको छ । वडा नम्बर १ पाङ र १४ नम्बर वडा आर्थरडाँडाखर्कको मत बक्सबाट खसालेर गन्न सुरु गरिएको छ । यहाँको मत परिणाम अहिले आइसकेको छैन ।

त्यसतै अर्को नगरपालिका फलेवसमा पनि मतगणना सुरु गरिएको छ । भर्खर मात्रै गणना गरिएको हुँदा यहाँको मत परिणाम पनि बाहिर आएको छैन । अहिले वडा नं. १ कार्किनेटा र वडा नंं. ११ पाङराङको मतगणना गर्ने काम भइरहेको छ ।

जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा भने गए राती देखिनै मतगणना सुरु भएको थियो । पछिल्लो परिणाम अनुसार जलजलामा नेकपा एमालेको अग्रता कायमै रहेको छ भने पैंयु गाउँपालिको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरीको अग्रता रहेको छ । उपाध्यक्षमा भने नेकपा एमालेकी यामकुमारी रानाको अग्रता रहेको छ ।

विहादी गाउँपालिमा वडा नं. १ बाच्छाको पनि मतगणना भइरहेको छ । त्यसै गरी मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेको मतगणना केही बेर अघिदेखि सुरु भएको छ । महाशिला गाउँपालिकामा पनि दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हा ।

अहिलेसम्म जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ । यहाँ नेकपा एमालेका जगबहादुर रोका वडा अध्यक्षमा विजयी भएका छन् । एक जना गठबन्धन दलको सदस्य बाहेक सबै पदमा एमालेले बाजी मारेको छ ।

हिजो भएको मतदानमा पर्वतबाट ६५ दशमलव ३८ प्रतिशत मत खसेको थियो । जिल्लाका सात वटै स्थानीय तहमा नेकपा एमाले र गठबन्धनका

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com