Home समाचार आज रातिदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने

आज रातिदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने

by ईलालटिन
0 comment

काठमाडौं ।  काठमाडौं उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ। मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो। आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाउने जनाएका छन्।

मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो। स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला’, सूचनामा भनिएको छ।

यसैबीच आज (मंगलवार) राति बाट मौन अवधि लागू हुँदैछ। मौन अवधिभर प्रचारप्रसार लगायतका गतिविधिमा निर्वाचन आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको छ।चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन हो। मौन अवधिभर कुनै पनि प्रचारप्रसारका गतिविधि गर्न नपाइने आचारसंहीतामा उल्लेख छ।मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिन्ह र प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन जस्ता गतिविधिहरु तथा सभा वा समारोह गर्न पनि निषेध गरिएको हुन्छ । सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com