Home समाचार श्रीलंकामा सत्तारुढ दलका सांसदले प्रदर्शनकारीमाथि गोली चलाए, पछि आत्महत्या गरे

श्रीलंकामा सत्तारुढ दलका सांसदले प्रदर्शनकारीमाथि गोली चलाए, पछि आत्महत्या गरे

by ईलालटिन
0 comment

काठमाडौं । श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो ।

समाचार एजे-न्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भयो । त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आक्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए। मानिसले घेरेको देखेर सांसदले आफैँलाई गोली हानेका थिए, जसका कारण उनको मृत्यु भएको थियो ।

श्रीलंकामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झडप सुरु भएको छ । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएका छन् । उनलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।  सरकार समर्थकहरूले आन्दोलनकारीमाथि आक्रमण गरेपछि हिंसा सुरु भएको हो । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com