Home समाचार काठमाडौं प्रशासनले भन्यो- मंगलवारदेखि मतदान नसकिँदासम्म मदिरा बिक्री वितरण र सेवन नगर्नू

काठमाडौं प्रशासनले भन्यो- मंगलवारदेखि मतदान नसकिँदासम्म मदिरा बिक्री वितरण र सेवन नगर्नू

by ईलालटिन
0 comment

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको छ।जिल्ला प्रशासनले आइतबार सूचना निकाल्दै आगामी मंगलवारदेखि वैशाख ३० गते निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न/नगराउन भनेको छ।

कार्यालयले एक विज्ञप्ति जारी गर्दै वैशाख २७ गते मध्यरातदेखि वैशाख ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो। ‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला’, सूचनामा भनिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com