Home समाचार कुरिनटारमा सशस्त्र प्रहरीको गोताखोर तालिम सुरु

कुरिनटारमा सशस्त्र प्रहरीको गोताखोर तालिम सुरु

by ईलालटिन
0 comment

काठमाडौं । चितवनस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिम सुरु भएको छ । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले गोताखोर तालिम उद्घाटन गरेका हुन् । ‘सिसम–२’ गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी छन् ।

गोताखोर तालिम ५ हप्ता सञ्चालन हुने सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विदुर खड्काले रातोपाटीलाई बताए । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पहिलोपटक गोताखोर तालिम सुरु भएको हो । डीआईजी खड्काका अनुसार तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई सप्तकोशी, फेवाताल, कुलेखानी र त्रिशूलीमा प्रशिक्षण दिइन्छ । डुबेर हुने मानवीय घट्नामा विपद् प्रतिकार्यको लागी गोताखोर तालिम अपरिहार्य हुने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका कामु एसएसपी अन्जनी कुमार पोखरेलले बताए । सशस्त्र प्रहरी बलका २५ जना सुरक्षा अधिकारीले २०६९ वैशाखमा बंगलादेशमा गोताखोर तालिम लिएर आएका थिए ।

नेपालमा पहिलो पटक २०७६ असोजमा सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनी, सुनसरीमा गोताखोर तालिम भएको थियो । त्यतिबेला १९ जना सशस्त्र प्रहरी कर्मचारीले तालिम लिएका थिए । सशस्त्र प्रहरीसँग अहिले ३७ जना गोताखोर तालिम लिएका सुरक्षाकर्मी छन् । तालिम उद्घाटन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले कुरिनटारमा सञ्चालित तालिम विपद् व्यवस्थापनको क्षेत्रमा कोशेढुंगा साबित हुने बताएका छन् । विपद् व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत तालिम प्राप्त सुरक्षाकर्मीले अहिलेसम्म ८०२ जनाको जीवित उद्धार गरेका छन् । ३०५ जनाको शव नदीबाट निकालिएको शिक्षालयले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com