Home समाचार राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

by ईलालटिन
0 comment

विराटनगर । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ।प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो। बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन्।

प्रहरीका अनुसार गए राति २ बजेतिर घटनाको जानकारी आएको थियो। तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ।

मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ परेका छन्।प्रहरी नियन्त्रणमा रहेका पाण्डे नेपाली कांग्रेसनिकट रहेको स्थानीय बताउँछन्। पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com