Home समाचार धनुषामा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

धनुषामा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

by ईलालटिन
0 comment

धनुषा ।  धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो ।

उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे । घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।  उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com