Home समाचार पोखरा महानगर वडा नं २६ को घरदैलो कार्यक्रममा

पोखरा महानगर वडा नं २६ को घरदैलो कार्यक्रममा

by ईलालटिन
0 comment

पोखरा । पोखरा महानगर वडा नं २६ ले घरदैलो कार्यक्रम तीव्र बनाएको छ । नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका प्रत्याशी नरेन्द्र थापा सहितका सदस्यका प्रत्याशीहरू वडावासीको घर घरमा पुगेर समस्या र सुझाव ग्रहण गर्ने काम अगाडी बढाएका छन् ।

वडामा भएका समस्याहरू मध्ये बेरोजगारीको समस्या सबैभन्दा बढी रहेकोले सो विषयमा वडामै स्वरोजगारका कार्यक्रम गरिने थापाले बताए । स्वास्थ्य, शिक्षा लगायतलाई वडा स्तरबाट सम्बोधन गर्न वडाले पहल गर्ने पनि थापाले बताएका छन् ।

युवा ,वृद्ध वृद्धा र सम्पूर्ण वडावासीको दुख सुखमा सागै रहने प्रतिबद्धता जनाउँदै प्रत्याशी थापाले सबैको साथ सहयोग र मतको अपेक्षा गरेका छन् । “हामी जित्छौ र वडालाई नमुना वडाको रूपमा स्थापित गराउँछौ” प्रत्याशी थापाले बताए ।

घरदैलो कार्यक्रममा सयौँको सङ्ख्यामा रहेका वडावासीले साथ दिएका छन् । युवा देखि गृहिणी र सबै तह र तप्काका वडावासी घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com