Home विशेष शल्यक्रियापछि कोरोना पुष्टि, प्रतिष्ठानको प्रसूति सेवा बन्द

शल्यक्रियापछि कोरोना पुष्टि, प्रतिष्ठानको प्रसूति सेवा बन्द

by ईलालटिन
0 comment

पर्वत । कास्कीको पोखरामा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा बन्द गरिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलाको गत भदौ २७ गते शल्यक्रिया गरेर बच्चा निकालिएको थियो।

उनको अवस्था जोखिमपूर्ण रहेकोले कोरोना सङ्क्रमण रहेको वा नरहेको भनी थाहा नभए पनि सोही दिन नै आकस्मिक रूपमा शल्यक्रिया गर्नुपरेको थियो। शल्यक्रिया गरेको भोलिपल्ट भदौ २८ मा उनको स्वाब परीक्षणको लागि पठाइएकोमा भदौ ३० गते मङ्गलवार उनमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको पाइएको छ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार ती महिलामा सङ्क्रमण रहेको पुष्टि भएसँगै अस्पतालको शल्यक्रिया विभाग र मातृशिशु कक्षलाई निर्मलीकरण गर्न तथा उनको उपचारमा संलग्न रहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई क्वारेनटाइनमा राखिएकाले उनीहरूको रिपोर्ट नआउने समयसम्मका लागि प्रसूति सेवा बन्द गरिएको हो।

उनीहरूको रिपोर्ट असोज १ गतेसम्म आइसक्ने भएकाले असोज १ सम्मकै लागि सेवा बन्द गरिएको डा. आचार्यले बताएका छन्। प्रसूति सेवा बन्द गरिएको अवस्थामा पनि आकस्मिक रूपमा गर्भवतीको शल्यक्रिया गर्नुपरेमा भने सेवा दिइने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। अस्पतालमा प्रसूति सेवा बन्द गरिएको भए पनि अन्य सेवाहरू भने पूर्ववत् रूपमा नै सञ्चालनमा रहने छन्। थाहा खबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com