Home अर्थ/वाणिज्य लामो दूरीका सार्वजनिक बस सञ्चालनको तयारीः दशैंमा कति बढ्ला भाडा ?

लामो दूरीका सार्वजनिक बस सञ्चालनको तयारीः दशैंमा कति बढ्ला भाडा ?

by ईलालटिन
0 comment

युबराज बस्नेत

सरकारले ६ महिनापछि अर्थात असोज ५ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गर्यो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो दूरीमा चल्ने सबै सवारी असोज ५ गतेदेखि सञ्चालन अनुमति दिएपछि सर्वसाधारणको टिकट कहिले खुल्छ? र, भाडा कति पर्छ ? भन्ने चासो छ ।

दशैं र तिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा व्यवसाय गर्ने व्यापारी, पेशाकर्मी विद्यार्थी लगायत सर्वसाधारणले उपत्यका छाडेर गाउँ जाने गर्छन् ।

यसअघि झन्डै १५ लाख भन्दा बढी मानिस दशैं मनाउन उपत्यका बाहिर जाने गर्थे । अहिले कोरोनाका कारण लकडाउन हुनुअघि नै अधिकांश गाउँमै छन् । भलैं, त्यो संख्या कमी होला तर, उपत्यकाबाट दशैं मनाउन गाउँ भनेर कुरेर बस्ने सर्वसाधारण पनि धेरै छन् ।

अहिले सरकारले छाटो दुरी तथा अन्तर जिल्लामा चल्ने सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली कायमै गरेको छ । असोज ५ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी खुल्दा कोरोना संक्रमणको जोखिम उत्तिकै छ ।

उपत्यका छाड्ने मानिस टिकट काट्न बसपार्क र यातायातका काउन्टरमा भीड हुने देखिन्छ । त्यसका बारेमा सरकार र यातायात व्यवसायीले ठोस मापदण्ड र सुरक्षा सावधानी अपनाएको देखिँदैन् ।

उपत्यकामा सञ्चालन भएका भाडाका सवारीसाधन सरकारले तोकेको सुरक्षा मापदण्ड पुरा नगरी खुलेआम सञ्चालन भएको अबस्थामा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले कसरी सुरक्षा मापदण्ड अपनाउँलान ? यो सोचनीय बिषय बनेको छ / क्यापिटल नेपालबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com