Home बुलेट न्युज रेडक्रसको केन्द्रीय कार्यालय तोडफोडमा पूर्व अध्यक्ष नै संलग्न

रेडक्रसको केन्द्रीय कार्यालय तोडफोडमा पूर्व अध्यक्ष नै संलग्न

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय पूर्व अध्यक्षले नै तोडफोड गरेको आरोप लागेको छ । रेडक्रसको तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला गएको मंगलबार अघिल्लो तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनले कार्यालय तोडफोड गरेको कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले प्रेश विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।

ताहाचलस्थित केन्द्रीय कार्यालयमा हथौडा सहितका सामग्री लगेर कार्यालयको दुईओटा ढोका तोडफोड गरेपछि कर्मचारीले प्रहरीला-ई खबर गरेका थिए । प्रहरी वृत कालिमाटीले डा.तिम्सिना र बाबुराजा महर्जनलाई पक्रेर ‘मुद्धा टुंगो नालागेसम्म त्यस्ता गतिविधि नगर्ने’ सहमति गराएर छाडेको छ ।

तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र प्राध्यापक सुदर्शनप्रसाद नेपाल मध्ये कसको समिति वैधानिक भन्नेबारेमा अदालतमा मुद्दा विचाराधीन छ । नेत्रप्रसाद नेतृत्वको तदर्थ समितिले काम गरिरहेको अवस्थामा सरकारले म्याद सकिएको भन्दै सरकारले प्राध्यापक सुदर्शनप्रसाद नेपाल नेतृत्वको तदर्थ समिति चयन गरेको थियो । २०७८ चैत १३ मा दोस्रो समितिको पनि म्याद सकिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com