245
पर्वत। पर्वतको कुश्मा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसबाट रामचन्द्र जोशीले टिकट पाएका छन् ।
कुश्मा नगर समितिले सिफारिस गरी पठाएको नाम छाडेर नेपाली काँग्रेस गण्डकी प्रदेशले जोशीलाई नगरप्रमुखको टिकट दिएको हो ।
नगर प्रमुखका लागि कुश्मा नगर समितिले जिल्ला पार्टी सभापति युवराज जोशी, शिव अधिकार र मुना लामिछानेको नाम प्रदेशमा पठाएको थियो ।
जोशीले नगर प्रमुखमा पुनः दोहोरिन भन्दै शनिवारै पदबाट राजीनामा गरेका थिए ।
