Home समाचार बिजुलीको पोलमा मोटरसाइकल ठक्कर खाँदा पेप्सीकोलामा दुई जनाको मृत्यु

बिजुलीको पोलमा मोटरसाइकल ठक्कर खाँदा पेप्सीकोलामा दुई जनाको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।आइतबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सडकखण्डको ग्रिनविच स्कुल नजिकै खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो। बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भई बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय कमल आले मगर र २१ वर्षीय गोपाल आले मगरको मृत्यु भएको हो। उनीहरू दुबैको टाउको र शरीरको भित्रि भागमा चोट लागेर घाइते भएपछि तत्काल ट्रमा सेन्टर लगिएको थियो। उनीहरूको उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको परिसरले जनाएको छ। मोटरसाइकल कसले चलाएका थिए खुलेको छैन। घटनासम्बन्धी आफन्तलाई जानकारी गराइसकेको छ। घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com