Home समाचार देउवाले कास्कीका काँग्रेस नेताहरूलाई काठमाडौँ बोलाए

देउवाले कास्कीका काँग्रेस नेताहरूलाई काठमाडौँ बोलाए

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस कास्की नेताहरूलाई काठमाडौँ बोलाएका छन् । काँग्रेस सभापति समेत रहेको देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौँ बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौँ आइपुग्दै छ ।

बरालले रातोपाटीसँग भने, सभापतिज्यूले बोलाएपछि हामी काठमाडौँ आउँदै छौँ । अहिले बाटोमा छौँ । गठबन्धनभित्र पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले दह्रो अडान राखेपछि सभापति देउवाले कास्की काँग्रेसका नेतालाई बोलाएको बुझिएको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com