Home समाचार जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

by ईलालटिन
0 comment

काठमाडौं । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लागेका छन् । अध्यक्ष एंगुलो आज आउनु लागेका हुन् भने उपाध्यक्ष जैन शुक्रबार आउने भएका हुन् । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुन् । अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिए । एंगुलो यही चैत २७ गतेसम्म नेपालमा रहनेछन् ।

नेपालमा रहँदा उनले नेपाल जेसीजको वार्षिक कार्यक्रमअन्तर्गतको ‘नेस्नल काउन्सिलरर्स एकेडेमी’लगायतका जेसीजका कार्यक्रममा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा, सांसद विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपालस्थित राष्ट्रसङ्घीय प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।अठारदेखि ४० वर्षसम्मका युवाको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा विसं २०२१ असोज २ गते भएको हो ।

अन्तर्राष्ट्रिय जेसीजको स्थापनाकालको ४९ वर्षपछि डा भेषबहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो । नेपालमा अहिले जेसीजका १७२ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा राष्ट्रिय कार्यसमिति रहेको छ । जेसीजको सबै कार्यसमितिको हरेक वर्ष नयाँ नेतृत्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com