काठमाडौं । आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् ।कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिए ।
पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् ।