Home राजनीति राप्रपा अध्यक्ष लिङ्देन पर्वतमा (भिडिओ)

राप्रपा अध्यक्ष लिङ्देन पर्वतमा (भिडिओ)

by ईलालटिन
0 comment

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनिएका दलहरूको मिलेमतोमै देशमा  भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् ।

आज पर्वतमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ३२ वर्ष देखि काँग्रेस, एमाले र माओवादी मिलेर राज्यलाई लुटेका कारण नै देश श्रीलङ्काको नियतिमा अघि बढी रहेको आरोप लगाएका हुन् ।

अध्यक्ष लिङ्देनले काँग्रेस, एमाले र माओवादी नाममा मात्र फरक भएको तर, उनीहरूले गर्ने कामकारबाही भने एउटै रहेको बताए । उनले एमसीसी जस्तो राष्ट्रघाती मुद्दामा बाहिर विरोध गरे जस्तो गर्ने र भित्रभित्रै एकै ठाउँमा बसेर सहमति गर्ने चरित्रका कारण ठुला भनिएका दलहरू जनताको माझबाट नाङ्गिएको बताए ।

उनले काँग्रेस, एमाले र माओवादी एक अर्काको विकल्प नभएको भन्दै राप्रपा मात्र देशको वैकल्पिक पार्टी भएको बताए । अध्यक्ष लिङ्देनले अबको तीन तहको निर्वाचनमा ३२ वर्ष देखि राज्य दोहन गर्दै आएका दलहरूको बाकस खाली गरेर उनीहरुलालई सजाए दिनुपर्ने बताएका छन् ।

अध्यक्ष लिङ्देन बागलुङको आमसभालाई सम्बोधन जाने क्रममा पर्वतको सदरमुकाम कुश्मामा भेला भएका आफ्ना कार्यकर्तालाई  एकै छिन सम्बोधन गरी बागलुङ गएका हुन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com