Home समाचार सम्झौता भंग भएको पत्र बतासले नबुझेपछि कोषले निकाल्यो सार्वजनिक सूचना

सम्झौता भंग भएको पत्र बतासले नबुझेपछि कोषले निकाल्यो सार्वजनिक सूचना

by ईलालटिन
0 comment

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशाला भाडामा दिने करार सम्झौता रद्द गरिएकोबारे सार्वजनिक सूचना निकालेको छ। होटल आनन्द प्रालि, सञ्चालक आनन्द बतास र सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा आज गोरखापत्रमा कोषले धर्मशाला भाडामा दिनेबारे सम्झौता रद्द गरेको सार्वजनिक सूचना निकालेको छ। गत माघ २८ मा बसेको कोषको बैठकले ३५ दिनभित्र स्पष्टीकरण दिन भने पनि बतासले स्पष्टीकरण नदिएको कोषको भनाइ छ।

पुन: स्पष्टीकरणका लागि गत फागुन १ मा पत्राचार गरे पनि कोषसमक्ष कुनै स्पष्टीकरण नआएको कोषको भनाइ छ।कोष सञ्चालक परिषदको चैत १४ मा बसेको बैठकले होटल आनन्द प्रालि र कोषका बीचमा भएको सम्झौता चैत १७ गतेबाट रद्द गर्ने निर्णय भएको थियो। चैत १७ मै सम्झौता रद्दबारे जानकारी गराएकोमा करार भंगबारेको पत्र बतासले लिन नमानेपछि इमेल ठेगानामा पठाइएको कोषले बताएको छ। काठमाडौंसम्झौताअनुसार सर्त पालना नभएको भन्दै कोषले करार सम्झौता रद्द गरेको थियो।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com