Home अर्थ/वाणिज्य एनआईसी एसिया बन्यो ‘समस्या पर्दाको साथी’

एनआईसी एसिया बन्यो ‘समस्या पर्दाको साथी’

by ईलालटिन
0 comment

पर्वत । एनआईसी एसिया बैंक लिमिटेड कुश्मा शाखाले शुक्रबार एक कार्यक्रमका बिच शून्य मौजदात सुपर चम्तकारीक तलब बचत खाता खोली कारोबार गरेका खाता बहाकलाई औषधी उपचार बिमा अन्र्तगतको रकम हस्तान्तरण गरेको छ ।

एनआईसी एसिया बैंकमा तलब बचत खाता खोलेका नमुना अंग्रेजी आवशीय माध्यमिक विद्यालयका लेखापाल प्रेम प्रसाद पौडेललाई बैंकका प्रवन्धक विजय चापगाईँको हातबाट ७५ हजार १६७ रुपैयाँ प्रदान गरिएको हो । पौडेलले औषधी उपचार बापतको रकम पाएपछि आफ्नो उपचारमा लागेको खर्चमा हातेमाले गरि दिएकोमा बैंकलाई धन्यवाद दिँदै खुसी ब्यक्त गरेका छन् ।

पौडेलको पोखरा स्थित फिस्टेलअस्पतालमा उपचार गराई निको भएपछि एनआईसी एसिया बैंक कुश्मा शाखामा गएर उक्त रकम लिएका हुन् । शून्य मौजदात सुपर चम्तकारीक तलब बचत खाता खोलेका ग्राहकहरुले २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने ब्यवस्था अन्र्तगत विमित पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको बैंकका प्रवन्धक चापागाईंले बताए ।

बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध गराउनुका साथै १८ घातक रोगहरुको लागि रु १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत एनआईसी बैँकले उपलब्ध गराएको प्रवन्धक चापागाईंले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com