Home समाचार बेसीसहर-चामे सडकखण्डमा काठेपुल हटाएर कल्भर्ट निर्माण

बेसीसहर-चामे सडकखण्डमा काठेपुल हटाएर कल्भर्ट निर्माण

by ईलालटिन
0 comment

मनाङ ।  मनाङ जोड्ने बेसीसहर-चामे सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण गरिएको हो । कल्भर्टको ढलान पूर्ण रुपमा ‘सेट’ नभएका कारण २० फागुदेखि सडक बन्द थियो । सडक निर्माणका लागि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रुपमा खुलाइएको डुम्रे -बेसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । -तल्लो तिमाङ स्ल्याब कल्भर्ट पुल भ्याट र कन्टिनजेन्सीसहित ११ लाख ८५ हजार र माथिल्लो तिमाङ स्ल्याब कल्भर्ट १९ लाख ९४ हजारमा निर्माण गरिएको हो । दुवै कल्भर्ट पुल ग्याल्सुम्दो कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com