Home समाचार झापामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, रुपन्देहीमा ट्रयाक्टरबाट खस्दा

झापामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, रुपन्देहीमा ट्रयाक्टरबाट खस्दा

by ईलालटिन
0 comment

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।  दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा  बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारले जानकारी दिएको छ । यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा हिजो बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारु रहेका छन् । ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ त ६८ ४२ नम्बरको ट्रयाक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com