Home समाचार म्यादी प्रहरीका लागि झन्डै चार लाखले दिए आवेदन

म्यादी प्रहरीका लागि झन्डै चार लाखले दिए आवेदन

by ईलालटिन
0 comment

काठमाडौं ।  म्यादी प्रहरी बन्नका लागि झन्डै चार लाखले आवेदन दिएका छन्। ०७९ वैशाख ३० मा हुन गइरहेको स्थानीय चुनावका लागि प्रहरीले एक लाखको संख्यामा म्यादी माग गर्दै आवेदन खुलाएको थियो। चैत ६ देखि १२ गतेसम्म आवेदन खुला गरिएकोमा उक्त अवधिमा तीन लाख ९३ हजार तीन सय १२ जनाबाट आवेदन आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी कम हुने भएपछि म्यादी प्रहरी राख्न लागिएको हो। विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए।

प्रहरीले ७७ जिल्ला प्रहरी कार्यालयबाट आवेदन माग गर्दा मागभन्दा धेरै आवेदन आएका थिए। आवेदन आएकामध्येबाट अब म्यादी प्रहरी छनौट गरिने प्रहरीले जनाएको छ। म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ।  सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ।म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com