Home समाचार राष्ट्रसंघको सुरक्षा परिषदमा चीनले मात्र दियो रूसलाई भोट

राष्ट्रसंघको सुरक्षा परिषदमा चीनले मात्र दियो रूसलाई भोट

by ईलालटिन
0 comment

न्युयोर्क ।  युक्रेनमाथि आक्रमण गरेको एक महिना बित्दा रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव पनि फेल भएको छ।समाचार संस्था एपीका अनुसार बुधबार सुरक्षा परिषदमा रूसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो।

–युक्रेनमाथि भइरहेको रूसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरिदिएका हुन्।रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको थियो।भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए। १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ।आफ्नो र चीनको मात्रै भोट पाएपछि सुरक्षा परिषदको स्थायी सदस्य रहेको रूसको उक्त प्रस्ताव असफल भएको हो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com