Home समाचार एमाले प्रवेश गर्दै लोसपा नेताले भने, ‘मधेसी नेता मधेसको मुद्दाप्रति स्थिर रहेनन्’

एमाले प्रवेश गर्दै लोसपा नेताले भने, ‘मधेसी नेता मधेसको मुद्दाप्रति स्थिर रहेनन्’

by ईलालटिन
0 comment

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर एमालेमा प्रवेश गरेका शिव पटेलले आफू सहभागी रहेको दल मधेसको मुद्दाप्रति स्थिर नरहेको बताए । मधेसवादी दलका नेता तथा कार्यकर्ताहरू मधेसमा विचलित भइरहेको बताउँदै उनले भने, ‘हामी मधेसको हो, विदेशी होइन, हामी यही नेपालको हो । यो देश एमालेले मात्र बनाउनसक्छ ।’ देश बने मधेस आफै बन्ने बताउँदै उनले आफ्नो राजनीतिक जीवन रहेसम्म एमालेमा रही रहने बताए ।

-मधेसी समुदायले यो देशमा आफ्नो पहिचानका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै उनले आफू मधेस र मधेसीका लागि विगत ३० वर्षदेखि आन्दोलित रहँदै आएको बताए । केही दिनपछि भए पनि पर्सामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आगमन हुनुपर्ने कुरा राख्दै पटेलले अ‍ोलीको हातबाट टिका ग्रहण गरेर एमालेमा प्रवेश गर्न थुप्रै नेता तथा कार्यकर्ता आतुर रहेको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com