Home अन्तर्बार्ता राष्ट्र बैंकले जोखिमभार बढाएपछि प्राथामिकतामा पर्न छोडे चार क्षेत्रको कर्जा, पूँजीकोष टाइट भएका बैंकले बढी जाेखिम भएका कर्जा घटाउन थाले

राष्ट्र बैंकले जोखिमभार बढाएपछि प्राथामिकतामा पर्न छोडे चार क्षेत्रको कर्जा, पूँजीकोष टाइट भएका बैंकले बढी जाेखिम भएका कर्जा घटाउन थाले

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार क्षेत्रमा जाने कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएपछि बैंकहरुले ती क्षेत्रका कर्जालाई प्राथामिकता दिन छोडेका छन्। थोरै कर्जा दिँदा पनि धेरै पूँजी छुट्याउनुपर्ने भए पछि बैंकहरुको रोजाइमा ती कर्जा पर्न छोडेका हुन्। अहिले बैंकहरुमा लगानीयोग्य रकम अभाव भइरहेको अवस्थामा बैंकहरुले एलसी र पहिल्यै सम्झौता भएका परियोजना बाहेकका क्षेत्रमा खासै धेरै कर्जा लगानी गरेका छैनन्। त्यसमा पनि पछिल्लो समय केहि बैंकहरुको पूँजी कोष दबाबमा पर्न थालेपछि उनीहरुले यी क्षेत्रमा कर्जा दिन छोडेका हुन्।

केन्द्रिय बैंकले आगामी असारदेखि मात्रै लागु हुने गरी शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जा, जग्गा खरिद तथा प्लटिङमा दिइने कर्जा, हायर पर्चेज कर्जा र व्यक्तिगत अधिविकर्ष कर्जाको जोखिम भार १५० प्रतिशत पुर्याएको छ। तर बैंकहरुले यी क्षेत्रको कर्जाको पोर्टफोलियो ठूलो राख्दा आगामी असारमा झनै समस्या हुनसक्ने भन्दै यी कर्जाहरु घटाउन थालेका हुन्”अहिले पूँजीकोष कम भएका बैंकहरुको रोजाइमा यी कर्जाहरु पर्दैनन्” एक बैंकरले भने “क्यापिटल टाइट भएको बैंकलाई त्यो क्षेत्रबाट बाहिरिनु राम्रो हुन्छ। त्यसैले गर्दा अहिले बैंकहरु ती कर्जा घटाउनेतिर लागेकाे जस्तो देखिन्छ।”

केन्द्रिय बैंकले ती क्षेत्रमा आगामी असार मसान्तदेखि लागु हुने गरी जोखिमभार बढाएको भए पनि अहिले नै बैंकहरुको रुचिमा ती कर्जा पर्न छोडेको उनी बताउँछन्। गत वर्षदेखि नै बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका थिए। चालु अर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा पनि बैंकहरुको कर्जा लगानी उच्च नै थियो। यसले गर्दा बैंकहरुको पूँजीकोषमा दबाब बढ्दै गएको छ। बैंकहरुले आफ्नो पूँजी नहेरी व्यवसाय विस्तारमा आक्रामक हुँदा अहिले उनीहरु समस्यामा पर्न थालेका हुन्। त्यसमा पनि शेयर, घरजग्गा, सवारीसाधनलगायतका क्षेत्रमा कर्जाको पोर्टफोलियो ठुलो भएका बैंकहरुलाई केन्द्रिय बैंकले जोखिमभार बढाउँदा झनै समस्या थपिने देखिन्छ।

गत पुसको तथ्याँकअनुसार दुई बैंकको पूँजीकोष अनुपात केन्द्रिय बैंकले तोकेको सीमाभन्दा तल झरेको छ। अन्य केहि बैंकको पनि यस्तो सीमा नजिक पुगेको छ। यसै कारण पनि बैंकहरु अहिले कर्जा रोकेर बसेका छन्। “बैंकहरुमा कर्जाको माग घटेको छैन। कर्जा दिन सक्ने हाम्रो क्षमता छैन।”, एक बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्, “गत छ महिनादेखिको कर्जा रोकेर बसेका छौ। केहि समयअघि कर्जा विस्तारमा धेरै नै आक्रामक देखिएका बैंकहरु पनि अहिले सुस्ताएको अवस्था छ। अहिले बैंकहरुले धेरै कर्जाको विस्तारभन्दा पनि आफ्नो पोर्टफोलियो व्यवस्थापनतर्फ बढी केन्द्रित हुन थालेका छन्। केन्द्रिय बैंकको निर्देशनअनुसार बैंकहरुलाई आगामी असार मसान्तसम्म सिडि रेसियो समेत ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने अवस्था छ। यसले गर्दा पनि उनीहरुले खासै धेरै कर्जा लगानी गर्न सकेका छैनन्।

नेपाल राष्ट्र बैंकले पनि शेयर बजार, जग्गा खरिद तथा प्लटिङ, ओभरड्राफ्ट लगायतमा कर्जा बढ्दै गएपछि चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ती कर्जामा जोखिम भार बढाएको हो। केन्द्रिय बैंकको माघसम्ममको तथ्याँक हेर्दा बैंकहरुले शेयर धितो कर्जामा ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत वर्ष उच्च दरले बढेको यो कर्जा केन्द्रिय बैंकले चालु आर्थिक वर्षमा मौद्रिक नीतिमा ४-१२ करोडको नीति ल्याएपछि घट्न थालेको थियो। जोखिमभार बढेपछि भने अहिले बेंकहरुले नै कर्जा दिन कम गरेका छन्। त्यसैगरी, सवारीसाधन गरिदको लागि प्रवाह हुने हायर पर्चेज कर्जा पनि १ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। रियल स्टेट क्षेत्रमा बैंकहरुले २ खर्ब ११ अर्ब १८ करोड कर्जा दिएका छन् भने ओभरड्राफ्ट कर्जा ७ खर्ब ६९ अर्ब रुपैयाँ छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com