Home समाचार मोरङको लेटाङमा कर्फ्यु आदेश जारी

मोरङको लेटाङमा कर्फ्यु आदेश जारी

by ईलालटिन
0 comment

मोरङ ।  विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ । लेटाङ नगरपालिका वडा नं. ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब २८ जना प्रहरी र विद्यार्थीहरू घाइते भएका थिए । यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा स्थिति तनावग्रस्त बनेको हो। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com