Home समाचार श्रममन्त्री श्रेष्ठ आबुधावीमा : आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

श्रममन्त्री श्रेष्ठ आबुधावीमा : आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं  । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज हुँदैछ । यूएईको राजधानी आबुधाबीमा बस्ने नेपाल युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने छन् ।

बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुनेछ । वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि बैठकमा छलफल हुनेछ । साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । आजै मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com