Home समाचार सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरूद्ध मुद्दा

सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरूद्ध मुद्दा

by ईलालटिन
0 comment

काठमाडौं । तनहुँमा सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ जनामाथि मुद्दा चलाएको छ। अख्तियारले सोमबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। हिमाली प्राथमिक विद्यालय तनहुँको विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार सरकारी जग्गालाई घरसारको कागजातहरू बनाएर आफ्नै घडेरी नम्बर कायम गरेको अख्तियारले जनाएको छ।

सन्तबहादुर सिजाली, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानिया, बुद्दिमाया विक, बाबुराम बानिया, लोकबहादुर माकिम, पूर्णबहादुर वि.क. र धनबहादुर विकले विद्यालय व्यवस्थापन समितिलाई एक लाख ६९ हजार ५१ रुपैयाँ दिएको अख्तियारले जनाएको छ। त्यसरी रकम दिएर सार्वजनिक जग्गालाई भोगचलन गरेको देखिएको भन्दै उनीहरूमाथि अख्तियारले मुद्दा चलाएको हो। अख्तियारले प्रतिवादीहरूबाट भोग हटाएर जफत गर्न माग गरेको छ।

अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न माग गरेको छ।  लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु समेत भइसकेको छ।  उनीहरू पनि यसमा मतियार भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी रहेको अख्तियारले जनाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com