Home समाचार कोरोनाको संक्रमण दर घटेपनि जोखिम कायमै

कोरोनाको संक्रमण दर घटेपनि जोखिम कायमै

by ईलालटिन
0 comment

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए । उनले तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे ।

अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरुबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले अझैपनि संक्रमणको जोखिम नटरेको उनले बताए । आइतवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सहायक प्रवक्ता डा. अधिकारीले संक्रमण कम हुँदा सावधानि अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनले उल्लेख गरे । विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको सहायक प्रवक्ता अधिकारीले बताए । आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।

जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताए । सहायक प्रवक्ता डा. अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताए । उनले संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्य सँग सम्बन्धित कामहरु पूर्ण रुपमा सुचारु भएको पनि बताए । मेरोलगानी ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com