Home कला नायक पल शाह तनहुँ प्रहरी हिरासतमा

नायक पल शाह तनहुँ प्रहरी हिरासतमा

by ईलालटिन
0 comment

काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।

उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकामा नै उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो । तर, पल शाहले आफू स्वमं जिल्ला प्रहरी कार्यालय, तनहुँमा गएर हाजिर हुन तयार रहेको बताएपछि प्रहरीको निगरानीमा नै उनी आइतबार तनहुँ पुगेका थिए ।

१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

फेसबुकमार्फत अभिनेता शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केहि ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने बताएका हुन् ।

उनले लेखेका छन्‚ ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com