Home समाचार किसानलाई कृषि सामग्रीसँगै तालिम पनि

किसानलाई कृषि सामग्रीसँगै तालिम पनि

by ईलालटिन
0 comment

सिन्धुपाल्चोक  । मेलम्ची नगरपालिकाले  ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नं ७ स्थित दुवाचौर सामुदायिक कृषि सहकारी संस्थामार्फत १६ थान ९ एच। पी प्रट्रोल मिनिटिलिर तथा  मकै रोप्ने उपकरण  र वडा नं ८ स्थिति विष्णुलक्ष्मी साना किसान कृषि सहकारीमार्फत ७ एच.पी प्रट्रोल मिनिटिलिर तथा २१ थान कृषि सामग्री वितरण गरिएको नगरपालिकाका  कृषि विकास शाखाप्रमुख अमरनाथ आचार्यले जानकारी दिए ।

ती सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख डम्बर अर्यालले उन्नत बाली लगाउन आग्रह गरे । उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका- लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताए । कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको समस्यालाई दृष्टिगत गर्दै नगरपालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको शाखाप्रमुख आचार्यले बताए ।

-नगरपालिकाले यसअघि पनि विभिन्न बीउ बिजन र कृषि सामग्री किसानहरुलाई वितरण गर्दै आएको थियो । ९ एच. पी प्रट्रोल मिनिटिलिरप्रति थान रु ६० हजारका दरले रु नौ लाख ६० हजार र ७ एच।पी प्रति थान रु ५० हजारका दरले  रु १० लाख ५० हजारसहित रु २० लाख १० हजार बराबरको सामग्री वितरण गरिएको कृषि शाखाका प्राविधिक रामगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कृषि सामग्रीसँगै तालिम पाउँदा सामान मर्मत तथा खेती गर्न सजिलो भएको र उत्पादनमा समेत वृद्वि हुने मेलम्ची–८ का किसान सम्झना गिरीले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com