Home समाचार फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने

फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल निजामति कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।त्यतिबेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको थियो ।

सो बेला युनियनको भर्चुअल बैठकले माघ महिनाभरका लागि महाधिवेशन स्थगित गरेको थियो । अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि तय गरिएको हो ।युनियनको आइतबार बसेको भर्चुअल बैठकले महाधिवेशनको मिति तय गरको उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जानकारी दिए । युनियनको बर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन गर्ने तयारी गरेको जनाइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com