Home बुलेट न्युज काेराेनाले बन्द पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि खुल्ला

काेराेनाले बन्द पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि खुल्ला

by ईलालटिन
0 comment

काठमाडाैं । काेराेना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएकाे पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेकाे छ।

काठमाडाैं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरि पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए। तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनु पर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ।

सिसिएमसिकाे सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरि एक पटकमा ५० जनाभन्दा बढी नहुने गरि पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेकाे छ। ५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com