Home none आजदेखि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

आजदेखि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

by ईलालटिन
0 comment

काठमाण्डौं । दुग्ध विकास  संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य आजदेखि लागू  हुनेगरी प्रतिलिटर ९ रुपैयाँ बढाएको छ। डीडीसीको बुधबार बसेको  सञ्चालक  समितिको बैठकले  दूधको मूल्य  बढाएर ८५ रुपैयाँ निर्धारण गरेको  हो।

बढेको नौ रुपैयाँमा प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर २ रूपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ। यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो। यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय आइसकेपछि डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरेको हो। उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन्। वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपियाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com