Home विश्व/प्रवास भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

by ईलालटिन
0 comment

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् । सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले राहुललाई ‘नसुन्ने र संसदमा नबस्ने व्यक्ति’ भन्दै उनको कटु आलोचना गरेका छन् । संसदको बहसलाई आफूले स्वागत गर्नेमा जोड दिँदै आफू र आफ्नो सरकारले कसैलाई आक्रमण नगर्ने र छलफलमा विश्वास गर्ने मोदीले बताए ।‘म कसैलाई आक्रमण गर्ने भाषा बुझ्दिन र मेरो यस्तो स्वभाव पनि छैन् । तर, तर्क र तथ्यका आधारमा केही हलचल (विवाद) ल्याउन सञ्चार माध्यमले सदनमा मेरा शब्दलाई व्याख्या गरेको हुन सक्छ,’ उनले भने ।

राष्ट्रपतिको सम्बोधनलाई संसदमा धन्यवाद दिनका लागि बोल्ने क्रममा बेरोजागार, चीनसँगको सीमा विवाद र कंग्रेस पार्टीका कार्यकर्तामाथिको आक्रमणबारे राहुलले उठाएका प्रश्नको जबाफ नदिएको प्रधानमन्त्रीमाथि आरोप लाग्दै आएको छ । राहुलका प्रश्नले प्रधानमन्त्री रिसाएको समेत आरोप लाग्दै आएको छ ।  सो विषयमा विस्तृत वर्णन गदैै प्रधानमन्त्रीले भने, ‘हामी कसैलाई हमला गर्दैनौं । बरु, वार्तामा विश्वास गर्छौं । संसदमा धेरै पटक बहस, अवरोधहरु भएका छन् । म यसलाई स्वागत गर्छु । तसर्थ, यी विषयमा म रिसाउनुपर्ने कुनै कारण छैन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com