Home समाचार भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्‍यो, संक्रिय संक्रमित १० लाखभन्दा तल

भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्‍यो, संक्रिय संक्रमित १० लाखभन्दा तल

by ईलालटिन
0 comment

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ। महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितको संख्या एकाएक बढेको थियो।  संघीय स्वास्थ्य मन्त्रालयले  सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार १ सय ८५ जना संक्रमित फेला परेका छन्।

जुन अघिल्लो दिनको तुलनामा २० हजारले कमि हो। अघिल्लो दिन भारतमा ८३ हजार ८७६ जना संक्रमित भएका थिए।  यस्तै विगत २४ घन्टा भित्र भारतमा १ लाख ७५ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन्। अघिल्लो दिन सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ९९ हजार ५४ रहेको थियो। एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बर भन्दा बढी रहेको छ। त्यसैले सक्रिय संक्रमितहरुको संख्या पनि घट्दै गएको छ।  भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ९ लाख ८८ हजार ३ सयमा झरेको छ। पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले ११७१ जनाले ज्यान गुमाएका छन्। यो सँगै भारतमा कुल ५ लाख ४ हजार ७८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com