Home समाचार भूमिहीन अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान

भूमिहीन अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान

by ईलालटिन
0 comment

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले भूमिहीनको अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान गरेको छ । सोमबार क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले प्रेस वक्तव्य जारी गर्दै भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने एवम् अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगले गरिरहेको काममा सहयोग गर्न आह्वान गरेको हो ।

आयोगले माघ १८ गतेबाट पहिलो चरण अन्तर्गत देशका ६८ वटा स्थानीय तहहरूमा भूमिहीनको लगत सङ्कलन गर्ने, लगत प्रविष्टि गर्ने, निवेदनको निस्सा दिने, जग्गा नापजाँच गराउने र जग्गा नापजाँच भइसकेकाहरूको चेकजाँच गरी लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाउने गरी कार्यक्षेत्र लगत संकलक तथा नापी प्राविधिकहरू खटाएको छ । क्रान्तिकारी केन्द्रले वास्तविक भूमिहीन नछुटाउन, गलत विवरण पेस गरी अनुचित लाभ नलिन तथा भूमिको न्यायोचित विवरण गर्न तीन तहका सरकारलाई आग्रह गरेको छ ।

भूमिहीनलाई लालपुर्जा वितरणमा सहयोग तथा समन्वय गर्न क्रान्तिकारी केन्द्रले प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै क्रान्तिकारी केन्द्रले भूमिहीनलाई लालपुर्जा वितरणमा सहयोग गर्न अध्यक्ष श्रेष्ठको संयोजकत्वमा एक सय एक सदस्य ‘सुकुम्बासी समस्या समाधानका लागि किसान परिचालन समिति’ गठन गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com