Home समाचार स्थगित त्रिविका परीक्षा फागुन १ देखि सुरू हुने

स्थगित त्रिविका परीक्षा फागुन १ देखि सुरू हुने

by ईलालटिन
0 comment

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्।

साथै वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलवी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटमै राखेको छ। कोरोना भाइरस संक्रमित बढेसँगै त्रिविले माघ मसान्तसम्म परीक्षा तथा कक्षा सञ्चालन गरेको थिएन। माघ ११ देखि अनलाइनबाट कक्षा सञ्चालन गरिएका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com