Home बुलेट न्युज सिडिओको दबावले भक्तपुरमा ट्रायल परिक्षा बन्द, एकान्तकुना, ठूलो भर्‍याङ र चाबहिलमा भने खुल्ला

सिडिओको दबावले भक्तपुरमा ट्रायल परिक्षा बन्द, एकान्तकुना, ठूलो भर्‍याङ र चाबहिलमा भने खुल्ला

by ईलालटिन
0 comment

काठमाडौं । कोरोना संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको दबावमा भक्तपुर यातायात कार्यालयले सवारी प्रयोगात्मक परिक्षा ट्रायल बन्द गरेको छ । काठमाडौं र ललितपुरको यातायात कार्यालयबाट ट्रायल परिक्षा नियमित सञ्चालन भइरहेको भएपनि भक्तपुरका सिडिओको ठाडो निर्देशनले सेवा रोकिएको हो । उपत्यकाका  प्रमुख जिल्ला अधिकारीहरुको समन्वय नहुँदा एउटा कार्यालयलाई काखा र अर्कोलाई पाखा गरिएको छ ।

सिडिओ कार्यालयको आदेशले यातायातका सेवा लिन आउने हजारौं सेवाग्राही प्रवाभित हुने भएका छन् । भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहिबारदेखि भीडभाड हुने भन्दै सवारी चालक अनुमति पत्रको ट्रायल परिक्षा रोकेको भक्तपुर यातायात कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए । भक्तपुरमा सिडिओ कार्यालयले परिक्षा बन्द गरेपनि अन्य यातायात कार्यालयहरु एकान्तकुना,ठूलो भर्याङ, चाबहिलबाट हुने प्रयोगात्मक परिक्षा भने चलिरहेको छ । भक्तपुर यातायात कार्यालय प्रमुख राजकुमार कपालीले सिडिओ कार्यालयको प्रत्यक्ष हस्तक्षपका कारण सेवा दुई हप्ताका लागी बन्द गर्नुपरेको जानकारी दिए ।

‘स्वास्थ्य मापदण्ड अपनाएर दैनिक सयको संङ्ख्यामा मात्रै ट्रायल परिक्षा लिन्छौं भन्दा पनि सिडिओ कार्यालयले मानेन’ कपालीले भने ‘अन्य यातायात कार्यालयमा परिक्षा चलिरहेको सूचना पाएको छु तर, हाम्रोमा बन्द गर्न बाध्य पारियाे’ । उनका अनुसार लामो समय बन्द भएको ट्रायल परिक्षाका कारण हजारौं सेवाग्राहीले लाइसेन्स पाउन नसकेको अवस्थामा पुनः सिडिओको दबावले सेवाग्राही प्रभावित बन्न पुगेका छन् । चाबहिलका यातायात कार्यालय प्रमुख बिष्णु भट्टराईले ट्रायल परिक्षा बन्द गर्न कुनै निर्देशन नअाएकाे जानकारी दिए । ‘कोरोनाले आफै सेवाग्राही घटिरहेका छन’ उनले भने ‘दैनिक सयदेखि १५० जनासम्मको ट्रायल परिक्षा भइरहेको छ’ ।

अब कोरोना भनेरे यातायातका सेवा बन्द गर्नु उचित नभएको भट्टराइ बताउँछन । लामो समय ट्रायल तथा लाइसेन्स अवेदन बन्द हुँदा यातायात कार्यालयहरुले चाप थेग्न सकिरहेका छैनन् फेरि सेवा ठप्प पार्ने हो भने सेवाग्राहीबाट कुटाइ खानुपर्ने अवस्था नआउला भन्न सकिन्न,भट्टराईकाे गुनासाे छ । ठूलो भर्‍याङ यातायात कार्यालय प्रमख सञ्जय थापाले हालसम्म ट्रायल तथा कार्यालयको कुनैपनि काम नरोकिएको बताए । ‘भक्तपुरको ट्रायल परिक्षा रोकिएको खबर पाएको छ तर, हाम्रो सेवा निरन्तर चलिरेहको छ’ थापाले भने । अहिले काठमाडौं उपत्यकाका यातायात कार्यालयहरुबाट दैनिक डेढ सयदेखि दुई सय जनासम्मको ट्रायल परिक्षा हुने गरेको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com