Home विशेष बालाजु बाइपासमा हटाइएका ३९ घरपरिवारलाई पुनःस्थापना गराउन माग

बालाजु बाइपासमा हटाइएका ३९ घरपरिवारलाई पुनःस्थापना गराउन माग

by ईलालटिन
0 comment

काठमाडौं । बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी  हटाइएको घटनाप्रति बिरोध भएको छ । उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी  कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ ।

अदालतले सो स्थानमा प्रवेश नगर्नु, नगराउनु भन्ने आदेश दिएपनि अहिले शौचालय, ट्याक्सी पार्क र सूचना केन्द्र बनाउने काम भइरहेकोमा समितिले आपत्ति जनाएको हो । अदालतको आदेश विपरीत संरचना बनाउने नाममा सो स्थानमा डोजर चलाइएको छ । समितिले पीडितलाई सोही स्थानमा पुनर्वास नगराए आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com