Home समाचार संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

by ईलालटिन
0 comment

काठमाडौं ।  राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिएका छन् । नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सोही मान्यताअनुसार पदावधि समाप्त हुनुअघि नै नयाँ चुनाव गर्नुपर्ने व्यवस्था गरिएको उनले जिकिर गरेका छन् ।

नेता थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ संविधानमा तीन तहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन। यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ । सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा अघि बढेपछि राप्रपा पूर्वअध्यक्ष थापाले खबरदारी गर्दै आएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com