Home समाचार मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सांसद चौधरी दुर्घटनामा परेर घाइते

मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सांसद चौधरी दुर्घटनामा परेर घाइते

by ईलालटिन
0 comment

दाङ । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते भएका छन्। राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद चौधरी दाङको घोराही जाँदै गर्दा कपिलबस्तुको धानखोला र दाङको भालुवाङको बीचमा पर्ने कालाकाटेमा दुर्घटनामा परेका हुन्। उक्त गाडीमा प्रदेश सभा सांसद सुनिता ठठेर र रूपन्देहीको शुद्धोधन गाउँपालिका प्रमुख किसुनचन्द चौधरी तथा उपप्रमुख पनि सवार थिए। दुर्घटनामा परेर गाउँपालिका उपप्रमुख शान्तिदेवी ज्ञवाली पनि घाइते छिन्।

उनीहरू सवार गाडी ट्रकसँग ठक्कर खाएको छ। उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए। रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख) मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो। सुदूरपश्चिम प्रदेश ०१-००-११ १ ख २५८४ नम्बरको ट्रकसँग उक्त गाडी ठक्कर खाएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com