Home समाचार जनकपुरमा भाटासहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरमा भाटासहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

by ईलालटिन
0 comment

जनकपुरधाम । जनकपुरमा जनमत पार्टीका कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको छ।राष्ट्रिय सभा निर्वाचनको मतदान भइरहेको स्थल वरपर जनमत पार्टीका कार्यकर्ताले बाँसको भाटासहित प्रदर्शन गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। प्रहरीले भिड तितरबितर पार्न छ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ। जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थल महेन्द्रनारायण निधि प्रतिष्ठानभित्र छिर्न खोजेपछि झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले प्रदर्शनमा उत्रिएकालाई तितरबितर पारिएको जानकारी दिए।उनीहरूले जनकपुरधामको रामानन्द चोकमा आज बिहानैदेखि प्रदर्शन गरेका थिए।सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको मुद्दा उठाएर प्रदर्शन गरिरहेको छ। किसानलाई पहिले मल दिनुपर्ने अनि मात्र भोट भन्दै आज प्रदर्शन भएको थियो। उनीहरूले टायर बालेर प्रदर्शन गरेका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com