Home विशेष मेडिकल कलेजमा चलिरहेको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धताका लागि अपिल

मेडिकल कलेजमा चलिरहेको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धताका लागि अपिल

by ईलालटिन
0 comment

काठमाडौं । नोबेल मेडिकल र के. एम. सी लगायत मेडिकल कलेजहरूमा चलिरहेको विद्यार्थी आन्दोलनमा  नागरिक समाज ,अभिभावकहरू लगायतको ऐक्यबद्धताका निम्ति विद्यार्थी संगठनले अपिल जारी गरेको छ । मंगलवार संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गरिएको हो ।

नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, मोहन वैद्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,विप्लव विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैटौँका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा कलेज प्रशासनको दुर्व्यवहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीहरूको स्वास्थ्य लाभको कामना गरिएको छ ।

काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क विरुद्ध  चलेको आन्दोलनमा विद्यार्थी र कलेज प्रशासन बिच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेड तर्फ अघि बढेको थियो ।  लामो समयसम्म विद्यार्थीका मागहरू सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले माग पत्र टाँसेर के.एम.सी प्रशासनमा  दुई दिन अघि ताला लगाएको छन्।

माग पुरा गर्ने  तर्फ उदासीनता देखिएको भन्दै सोमबार विद्यार्थीहरूबाट नोबेल प्रशासन विरुद्ध गरेको सिट्ठी जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा  विद्यार्थी नेताहरू ताजिम अन्सारी, दीपेन्द्र मेहता टेकेन क्षेत्री ,उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झा सहित १ दर्जन बढी विद्यार्थी घाइते भएका छन् । शान्तिपूर्ण कार्यक्रममा दमन गरेको प्रति आक्रोशित विद्यार्थी संगठनले इँटको जवाफ पत्थरले दिने भन्दै समस्या समाधानमा पहल नगरे थप कडा सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com