Home बुलेट न्युज उपचारपछि नेपाल फर्किए वर्षमान पुन

उपचारपछि नेपाल फर्किए वर्षमान पुन

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहेको बताएका छन्।चीनमा उपचार गरी सोमबार साँझ काठमाडौं फर्किएका पुनले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताए। आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए।

नेता पुनले भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ। विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो। यस्तै, नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने पनि बताए।

नेता पुनले भने, ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ।झण्डै चार महिना लामो उपचार सकेर नेता पुन नेपाल फर्किएका हुन्। क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए। बैंककपछि थप उपचारको लागि उनलाई चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com