Home बुलेट न्युज बानेश्वरको आइप्लेक्स मल अगाडि नक्सा पास नगरी टहरा निर्माण

बानेश्वरको आइप्लेक्स मल अगाडि नक्सा पास नगरी टहरा निर्माण

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित आइप्लेक्स मल अगाडि मापदण्ड मिचेर ब्यापारिक प्रयोजनको टहरा निर्माण हुँदैछ । सो टहरा रत्नकेशरी कनौडियाले बनाउन लागेका हुन् । ३ रोपनी जग्गा रहेको सो ठाउँमा पहिलेदेखि नै पसलहरु सञ्चालनमा थियो । अहिले सो पसल भत्काएर नयाँ टहरा निर्माण गर्न थालिएको छ । टहरा निर्माण गर्न नगरपालिकाबाट नक्सा पास गर्नुपर्छ । तर, कनौडियाले नक्सा पास गराएका छैनन् ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ जाने मुख्य सडक ८ मिटरको छ । जग्गाको दायाँतिर ८ फिटको गल्ली छ । सो गल्लीको नाम हो ‘ओम गल्ली ।’ ओम गल्ली तर्फको बाटो मापदण्डअनुसार १३ फिटको भएको र कनौडियाले साढे २ फिट छाड्नुपर्ने स्थानीयहरु बताउँछन् । तर, सो मापदण्ड छाडिएको छैन् । रत्नकेशरी कनौडियाले सो जग्गा भाडामा दिएको र अहिले त्यहाँ पुरानो टहरालाई मर्मत मात्रै गरेको जानकारी आएको काठमाडौं महानगरपालिका वडा नम्बर–१० का सदस्य नरोज अर्यालले रातोपाटीलाई बताए ।

उनले भने–‘कोभिडका कारण व्यापारीहरूको समस्या पनि हामीले बुझ्नुपर्छ तर, हामीले नक्सा पास गर्न भनेका छौं ।’
मुल सडक तर्फ पनि ५ फिट छाड्नुपर्ने कानुनी प्रावधान छ । तर, आसपासमा मापदण्ड छाडेर घर बनेपनि सो जग्गामा रहेको पुराना सटर लगाएर भित्रबाट धमाधम टहरा निर्माण भइरहेको छ । महानगरपालिकाको मापदण्डअनुसार संरचना बनाउँदा राइट अफ वे ६ फिट र सेट ब्याक ५ मिटर छाड्नुपर्ने कानुनी व्यवस्था छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com