Home बुलेट न्युज चुनावबारे छलफल गर्न सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

चुनावबारे छलफल गर्न सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं  । सत्तारूढ पाँच राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो।यसअघि बिहीबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।

वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि तीनै तहको चुनाव एकैपटक वैशाखमा गर्ने कि वैशाखमा संघीय चुनाव गर्ने भन्ने जस्ता विभिन्न प्रस्ताव आइरहेका बेला राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो।यो समितिमा सरकारका एक मन्त्रीसहित गठबन्धनका ५ दलबाट २/२ जना सदस्य छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह चुनाव वैशाखमै गरिनुपर्ने बताइरहेको छ। संविधानअनुसार ५ वर्ष कार्यकाल सकिएको छ महिनाभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने उल्लेख भए पनि स्थानीय तह निर्वाचन ऐनअनुसार भने कार्यकाल सकिनुभन्दा दुई महिनाअगाडि नै निर्वाचन गरिसक्नुपर्छ। सत्तागठबन्धनले भने निर्वाचन ऐनको व्यवस्था संविधानसंग बाझिने देखिएकोले ऐनलाई संविधानअनुसार हुने गरी व्यवस्था गरिनुपर्ने पनि बताइरहेका छन्।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com