Home अर्थ/वाणिज्य वित्तीय विवरण प्रकाशनको चटारोमा बैंकर, कर्मचारीमा कोरोना देखिन थालेपछि तनाब थपियो

वित्तीय विवरण प्रकाशनको चटारोमा बैंकर, कर्मचारीमा कोरोना देखिन थालेपछि तनाब थपियो

by ईलालटिन
0 comment

काठमाडौं  । दोस्रो त्रैमास भर्खरै सकिएकोले यतिबेला बैंकरलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने चटारो छ। बैंकहरु वित्तीय विवरण बनाउन लागि परेका छन् तर बैंकका कर्मचारीहरुमा नै कोरोना संक्रमण बढ्न थालेपछि समस्या थपिएको छ। नियामकीय व्यवस्था अनुसार त्रैमास सकिएको १५ दिनभित्रै अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्नु पर्ने हुन्छ। तर यहि बेला बैंकका कर्मचारीमा धमाधम कोरोना देखिन थालेपछि समस्या भएको बैंकरहरु बताउछन्।

“वित्तीय विवरण सार्वजनिक गर्न चटारो छ। यही बेला कर्मचारीमा नै कोरोना संक्रमण देखिन थालेपछि समस्या भएको छ,”एक बैंकरले भने “हरेक शाखामा कोरोनाको संक्रमित भेटिन थालिसकेको छ।” अहिले कोरोना संक्रमण बढ्दै गएको कारण बैंकहरुले आफ्ना शाखा कार्यालयहरु समेत धमाधम बन्द गर्न थालेका छन्। एउटै शाखामा ३ देखि ४ जना संक्रमित भएपछि बैंकहरुले शाखा कार्यालय नै बन्द गर्न थालेका हुन। बैंकहरुले आगामी १५ गतेभित्रमै वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने छ।

सहज रुपमा काम गर्न नपाएपछि समयमा नै वित्तीय विवरण प्रकाशनमा समेत कठिन हुन थालेको छ। अहिले कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि बैंकरहरु तनाबमा देखिन थालेका छन्। वाणिज्य बैंक मात्रै होइन, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरु समेत वित्तीय विवरण सार्वजनिक गर्ने चटारोमा छन्। मंगलबार कामना सेवा विकास बैंकले विवरण प्रकाशनमा ल्याइसकेको छ। बैंकले सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गरेको हो। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com